निकालियो शान्ति सद्भाव र्‍याली

२७ भदौ, बुटवल । रुपन्देहीको भैरहवामा विभिन्न संस्थाको सहभागितामा शान्ति सद्भाव र्‍याली निकालिएको छ । जेनजीको प्रदर्शनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्देश्यले नेपाल-भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म र्‍याली निकालिएको हो । र्‍यालीमा जेनजी युवा समूह, लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, चेम्बर अफ कमर्स सिद्धार्थ सञ्जाल रुपन्देही,…