काठमाण्डौमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित हात पारेका छन्। पहिलो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई तथा दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेका हुन्। दिनको पहिलो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशका बिरुद्ध रोमाञ्चक खेलमा जित हात पार्यो। निर्धारित २० ओभरको खेल…