सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन्। शनिवार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरे। अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा…