कोशीले वालिङलाई हरायो

एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समिक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे । प्रतियोगितामा भोलि सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् । अखिल…