सत्तारुढ कांग्रेस–एमाले र प्रतिपक्षी माओवादीबीच राजनीतिक खिचातानीका कारण टीआरसी विधेयक लामो समयसम्म संसदमा रोकिएको थियो । प्रमुख दलहरुबीच लामो छलफलपछि सहमति भएसँगै साउन ३० मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा पारित भएको छ । राष्ट्रियसभाबाट उक्त विधेयक पारित भएपछि फेरि प्रतिनिधिसभा हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति…