एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा नेपालको जीत

क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ। आज भएको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। जितका लागि क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान गरे। देव खनालले ७६ रन…