पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन् । बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ । विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो । भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा पुगेका हुन् । शाहका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि…