कस्ले उचाल्ला उपाधी जनकपुर कि सुदुर पश्चिम?

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त शनिबार हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्। यसलाई कतिपय नेपाली दर्शकले ‘एल क्लासिक’को संख्या दिँदै आएका छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै…