काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अन्योलमा परेको छ। विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेश सभाको बैठक शनिबार अपराह्न साढे ५ बजेका लागि बोलाइए पनि सत्ता साझेदार नेकपा एमालेले असन्तुष्टिका कारण अन्योल भएको हो। आफूसँग छलफल नै नगरी विश्वासको मत लिने प्रक्रिया अघि बढाएको भन्दै सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै आएको छ।…