रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको घटनालाई ‘नेपाली इतिहासको सबैभन्दा कालो दिन’ भनेका छन् । उनले वर्तमान सरकार ढाल्नैपर्ने निचोडसहित कठोर अपिल गरेका छन्। नकख्खु कारागारबाट निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले सरकारलाई आततायीको संज्ञा दिँदै तत्काल सत्ता छोड्न चेतावनी दिएका छन्। लामिछानेले कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी विद्यार्थीको ज्यान लिएका…