युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरूमा मोबाइल धेरै हेर्ने समस्या देखिएकाले केही समय खेलकुद क्षेत्रमा लगाउन सुझाव सुझाव दिएका हुन् । उनले बालबालिकाहरू खेलकुदलगायत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुचि बढ्ने जिकिर गरे ।…