अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको ७० भन्दा बढी देशहरूमाथिको नयाँ भन्सार कर सात दिनभित्र लागू हुने भएको छ । तर क्यानाडाको हकमा भने नयाँ ३५ प्रतिशत करको दर आजराति देखि नै लागू हुने बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै अगस्ट १ अर्थात आजलाई अन्तिम म्यादको रूपमा तोक्दै ती देशहरूले सम्झौता नगरेमा नयाँ…