काठमाडौं– केरुङ रेलमार्गको भौगर्भिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा यसको अध्ययन थालिएको हो । रेलमार्गले छुने जिल्ला काठमाडौं, नुवाकोट र रसुवामा सम्भाव्यता अध्ययन भइरहेको छ । तीन जिल्लामा ८० मध्ये ७५ स्थानमा ड्रिलिङ गरेर माटो निकालिसकिएको छ । ९० प्रतिशत माटो परीक्षणको काम सकिसकेको रेल विभाग स्रोतले जनाएको छ । आठ स्थानमा…