चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन 

– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई चन्दा दिएकै भरमा आफूलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस कसैले गर्न नहुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले डलर अर्बपति विनोद चौधरीतर्फ लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।  ‘अर्का खाले मानिस हुन्छन् जो पार्टीलाई चन्दा दिएकोमा गर्व गर्छन् । राजनीतिक दललाई…