रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन्। रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले ह्यारिसलाई समर्थन गर्ने बताएका हुन्। ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई ह्यारिसको पक्षमा उतार्न आवश्यक छ’, उनले भने। डोनाल्ड ट्रम्पले रूसमाथि अन्य अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै…