पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भएको छ। अमलेखगञ्ज डिपोबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब साढे पाँच बजे अनियन्त्रित भई सडकमै पल्टिएपछि आगलागी भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा…