उनीसँगको करार सम्झौता गत असोजमै सकिएको थियो । चाडपर्वका कारण असोजमै निवेदन दिन नभ्याएर कात्तिकमा करार नवीकरणका लागि निवेदन दिँदा कार्यालय प्रमुख श्रेष्ठले काम नगरिदिएको उनले बताइन् ।
‘कात्तिकमा नवीकरण नभए पनि काम गर्दै जानु भनेर भन्नुभयो । मंसिरसम्म पूरै काम गर्दा पनि पैसा आएन । पुस १ गते कार्यालय जाँदा त म तपाईंलाई चिन्दिन भनेर पो भन्नु भयो’, कार्यालय सहयोगी पोडेलले भनिन् । पुस महिनाभर घरमै बसेर आइतबार कार्यालय पुगेकी पोडेलाई श्रेष्ठले ज्यालादारीमा हप्ताको २ दिन काम गर्न भनेका थिए । ‘ज्यालादारीमा गर्दै जानु पछि करारमा राख्दा सोच्नुपर्छ भन्नुभयो’, उनले भनिन् ।
आफूसँगै कार्यालय पुगेका श्रीमान र डा. श्रेष्ठबीच विवाद भएको र धकेलाधकेल भएकोसम्म आफूले थाहा पाएको उनले बताएकी छन् । विवाद सुरु भएपछि आफू बेहोस भएको र हस्पिटलमा आइसकेपछि घटनाबारे सबै थाहा पाएको उनले बताइन् । घटनाबारे बुझ्न कार्यालय प्रमुख श्रेष्ठ र सूचना अधिकारी प्रगति अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनीहरुको फोन उठेन ।