महिला सहभागीता ५० प्रतिसत बनाउन आवश्यक, वाणगंगा नगर महिलाको सिप विकासमा केन्द्रीत– उप प्रमुख चौधरी


२९ चैत्र २०८०, बिहिबार  

28
Shares

कमला सापकोटा
२९ चैत्र, वाणगंगा

महिलाहरुलाई आत्मनिर्भर बनाउन तर्फ आफू लागी परेको वाणगंगा नगरकी उप–प्रमुख रीता चौधरीले बताउनुभएको छ । “करोडौँ रकम खर्चिएर भए पनि हामी नगरवासी महिलाहरुलाई सिपयुक्त बनाई उनीहरु माथी हुने हरेक हिंसा न्युनिकरण गर्न तर्फ केन्द्रीत छौँ”उप प्रमुख चौधरीले भन्नुभयो ।


“मुलुकमा विद्यमान ३३ प्रतिसत महिला उपस्थिति निश्चितताको ब्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्र्नेमा त्यस्तो अवस्था नरहेकोले सो ब्यवस्थालाई ५० प्रतिसत पु¥याउन आवश्यक रहेको पनि उहाँको जिकिर थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष दुनिक भुषालले वडाका समृद्धिका लागि आफूहरु अहोरात्र खटिएकोले वडावासीले अपेक्षा गरे भन्दा पनि धेरै कामहरु आफू निर्वाचित भएको छोटो समयमा सम्पन्न हुन सकेको बताउनु भयो ।


कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष दुनिका भुसालको अध्यक्षता, नगर उपप्रमुख चौधरीको प्रमुख आतिथ्यता, वडा सदस्य बुद्धु थारु, कार्यपालिका खबर मिडियाका प्रबन्ध निर्देशक ओम प्रकाश पौडेल, लिङ्गस नेपाल डट कमका प्रधान सम्पादक कमला सापकोटा पौडेल, हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मनोज पौडेल, मटेरिया टोल विकास संस्थाका अध्यक्ष विजय चौधरी, कोपवा शिवमन्दिर टोेल विकास संस्थाका अध्यक्ष किशोर चौधरी, मधौलिया टोल विकास संस्थाका अध्यक्ष काँशीराम खनाल लगायतको आतिथ्ता, मधु गौतम भुसालको स्वागत तथा कालिका उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।


कार्यक्रममा सहभागीहरुको तर्फबाट तुल्सा खनाल, अमृता गिरीले आफ्नो अनुभव सुनाउँदै तालिमले आफूहरुको बोल्ने कला सुधारमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।


चैत्र २३ गतेदेखि हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सुरु भएको तालिम विहिवार सकिएको हो ।
तालिममा प्रशिक्षार्थीहरुले आत्मविश्वास विकास, स्टेज उद्घोषण, समाचार लेखन, मिडिया कार्यक्रम उद्घोषण, स्वर कला, परिचय कला लगायतका बोल्ने कलाका विविध आयाम बारे प्रशिक्षण लिएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ११ : ४० बजे