लागू पदार्थ दुर्ब्यसनीमा अगाडी वाणगंगा-प्रमुख जिल्ला अधिकारी


२८ चैत्र २०८०, बुधबार  

686
Shares

ओमप्रकाश पौडेल
वाणगंगा, २८ चैत्र ।

विकासमा अगाडी देखिएको भए पनि वाणगंगा कपिलवस्तुको वाणगंगा नगरपालिका लागू पदार्थ दुव्र्यसनिमा पनि अगाडी नै रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनु भएको छ ।


होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयको ३२ औँ वार्षिक उत्सव नतिजा प्रकाशन तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वाणगंगा नगरपालिकामा लागू पदार्थ दुव्र्यसनीको समस्या जटील बन्दै गएकोले सो को समाधानका लागि नगरपालिकाले उचित ध्यान दिन जरुरी रहेको बताउनु भएको हो ।


सोहि कार्यक्रमलाई सम्बोधन गर्दै सयपत्री क्याम्पसका क्याम्पस प्रमुख समेत रहनुभएका विद्यालयका प्राचार्य बासुदेव घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरुको महाअभियानमा साथ दिनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै सर्वात्कष्टताको पर्यायवाची होराइजन मावि सिद्धिपुर नयाँ शैक्षिक सत्रदेखि अझ ससक्त भएर अगाडी बढ्न गइरहेको दावी गर्नुभयो ।

कार्यक्रम प्राचार्य घिमिरेको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी अर्यालको प्रमुख आतिथ्यता, शम्सेर दल गण गोरुसिंगेका प्रमुख दिलिप घलेको आतिथ्यता, विद्यायका सञ्चालक सदस्यहरु, विभिन्न समिति उपसमितिका प्रतिनिधीहरु, तह संयोजकहरु, विषय विभाग प्रमुखहरु, अभिभावक ज्यूहरु लगायतको आतिथ्यता र पदमपाणी ढुंगाना र गिता शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।


वार्षिक उत्सवका साथै नतिजा प्रकाशन, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रमहरु पनि भव्यताका साथ सम्पन्न भएको थियो । सो क्रममा कक्षा १२ को परीक्षामा ए प्लस नतिजा ल्याएका ५ जना विद्यार्थी, सयपत्री क्याम्पसमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी इसइइ परीक्षामा ४ जिपिए ल्याएका विद्यार्थीहरु र तीनका अभिभावकज्यूहरु, कक्षा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : ४३ बजे