बुधबारकाे सार्वजनिक बिदा ????


२० चैत्र २०८०, मंगलबार  

0
Shares

 मधेश प्रदेश सरकारले बुधबारका लागि पूर्वनिर्धारित सार्वजनिक बिदा कायम नरहेको जनाएको छ। 

गृह, संचार तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै राजपत्रमा प्रकाशित बिदा कायम नरहने जनाएको हो।

मधेश प्रदेश सरकारले गत वर्ष चैत २० गते प्रदेश राजपत्र प्रकाशित गर्दा २०८० साल चैत २१ गते रामनवमीको लागि बिदा उल्लेख गरिएको थियो । तर रामनवमी पर्व नै २०८१ साल वैशाखमा पर्न गएको भन्दै भोलिको बिदा कायम नरहने मन्त्रालयका उपसचिव एवं प्रवक्ता उत्तमप्रसाद खरेलले बताए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : १८ बजे