पाल्पामा ज्यान गुमाउनेको संख्या 5 पुग्यो


११ आश्विन २०८३, आइतबार  

0
Shares


f
पहिरोले घर पुर्दा पाल्पामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

आइतबार ४ जनाको मृत्यु भएको छ। निरन्तर वर्षासँगै खसेको पहिरोले घर पुरिएर माथागढी गाउँपालिका-३ कसेनीस्थित भैसिकट्टामा आइतबार बिहान तीन जना बेपत्ता भएका थिए। उनीहरू तीनै जना मृत फेला परेका हुन्।

बेपत्ता भएका ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी नातिनी १७ वर्षीया दीना घर्तीमगर, छिमेकी १५ वर्षीया झरना घर्तीमगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनीहरूसुतेको अवस्थामा पुरिएका हुन्।

Global ime bank
TATA Loconav
आज बिहान साढे ४ बजे एक्कासी पहिरोले घर पुरिएको थियो। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो । बिहान ११ बजे उनीहरूको शव फेला परेको प्रनाउ भट्टराईले बताए।

शव पोष्टमार्टम गर्न पाल्पा अस्पताल ल्याइएको उनले बताए।

यसैबीच माथागढी गाउँपालिका-२ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ।

गएराति साढे २ बजे माथिबाट खसेको पहिरोले घर पुरिएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि पाल्पा अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका भट्टराईले बताए।

यसअघि शुक्रबार रिब्दीकोट गाउँपालिका-६ ठिमुरेमा पहिरोले घर पुरिदा एक महिलाको मृत्यु भएको थियो। ५९ वर्षीया कृष्णकुमारी सारूको शनिबार शव फेला परेको थियो।

अन्य क्षतिको विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ३ : ४८ बजे