होराइजनमा वार्षिक उत्सव अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोह सम्पन्न


२ बैशाख २०८३, बुधबार  

1.7k
Shares


लिनेस
कपिलवस्तु, ३० चैत्र।


होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा ४ सिद्धिपुरमा वार्षिक उत्सव अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोह सोमबार सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत आइतबार कक्षा प्लेगगुरुपदेखि कक्षा ४ सम्म र सोमबार कक्षा ५ देखि १०  सम्मको नतिजा प्रकाशन गरिएको प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो

पहिलो दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता कपिलवस्तु जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख चोपलाल वेल्वासेको प्रमुख अतिथ्यता बाडगंगा नगरपालिकाका निवर्तमान शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी लगायतको विशिष्ट अतिथ्यतामा भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ।

दोस्रो दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यता सहायक प्रमुख जिल्ला अधिकारी भविष्वर घिमिरे र शमशेर दलगण गोरुसिङ्गेका गणपति  प्रमुख सेनानी बिदुर ध्वज अधिकारीको विशेष अतिथ्यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्य सशस्त्र प्रहरी बल कपिलवस्तुका नायब उपरिक्षक कृष्ण खतिवडा जिल्ला अनुसन्धान कार्यालय कपिलवस्तुका प्रहरीको प्रहरीक्षक हृदयन्द्र कुँवर पूर्व उपसचिव अर्जुन कुँवर लगायतको विशिष्ट अतिथ्यता तथा विद्यालयका प्रावि तह संयोजक पदम पाणी ढुङ्गानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

सो अवसरमा विभिन्न शैक्षिक क्रियाकलाप तथा क्रियाकलापमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायतका वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तरको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : ५२ बजे