गिरोह प्रहरी नियन्त्रणमा


७ चैत्र २०८२, शनिबार  

0
Shares


मोटरसाइकल चोरी गर्ने गरोह पक्राउ परेको छ। कपिलवस्तुको मर्यादपुर तौलिहवा लगायतका क्षेत्र दिनहुजासो मोटरसाईकल चोरी हुन थालेपछि खोजतलास गर्नेक्रममा मोटरसाईकल चोरी गर्ने गरोह नै पक्राउ परेको हो। ।

 कपिलवस्तुको मायादेबी गाउपालिका ६ का सद्दनम हुसेन फकीरलाई मर्यादपुरमा प्रहरीले सिसि फुटेजको आधारमा पक्राउ गरेपछि गिरोह नै फन्दामा परको प्रहरीले जनाएको छ ।

चोरी मुद्दामा कारागारमा सजाय काट्दै आएका हुसेन भदौ २४ गते कारागारबाट फारार भएका थिए । उनी अदालतमा अगजनी र तोडफोडमा समेत संलग्न रहेका प्रहरी उपरीक्षक संतोष आचार्यले बताए ।

कारगारबाट फरार भए पछि हुसेनले मोटरसाईल चोर्न गिरोह नै बताएका थिए । हुसेन पक्राउ परेपछि  प्रहरीले ५ वटा मोटर साईकलसमेत बरामद भएका छन् ।

घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का सुभम खड्का कृष्णगनर नगरपालिका ८ का एजाज खा र भारतको गोन्डाका माहोम्मद सलमानलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक आचार्यले बताए ।

पक्राउ परेकामाथी मुलुकी अपराध संहीता २०७४ को चोरी तथा डाका सम्बन्धी कुसुरमा अदालतबाट म्याद थप गरी घटनाको अनुसंधान जारी राखेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ७ : ५१ बजे