हुँदै
काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजको साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए ।
मंगलबार दिउँसो १२ बजेतिर थारुले टुसालस्थित रिन्जीको घरमा प्रवेश गरी गरगहना चोरेका थिए ।
उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ ।
निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।




