विद्यार्थीहरूको उल्लेख्य सहभागिताका बीच ज्ञानपुञ्जमा अक्षरारम्भ


११ माघ २०८२, शनिबार  

378
Shares

विद्यार्थीहरूको उल्लेख्य सहभागिताका बीच ज्ञानपुञ्ज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बाडगंगा दुई राजपुरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। बसन्त पञ्चमीको अवसर पारी विद्याकी देवी सरस्वतीको वैदिक विधिपूर्वक पूजाआराधना गरिएको छ। यस दिन ससाना नानीबाबुहरूलाई प्रथमपटक अक्षर आरम्भ गराउँदा सरस्वती देवीले धेरै ज्ञान दिनुहुने मान्यता रहिआएकोले अक्षरारम्भ कार्यक्रम समेत गरिएको छ। सो क्रममा ५६ जना ससाना नानीबाबुहरू ज्ञानपुञ्ज बोर्डिङमा भर्ना भई अक्षरारम्भ कार्यक्रम गरेको विद्यालयका कार्यकारी निर्देशक रोमाकान्त घिमिरेले जानकारी दिनुभयो ।

सर्वोत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा आफ्नो पहिचान बनाइसकेको ज्ञानपुञ्जमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको विद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेले बताउनुभयो।

धेरै जसो विद्यार्थीले ए प्लस सहित सधैँजसो शतप्रतिशत नतिजा ल्याउँदै आएको ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा यसअघिको एसइइ परीक्षामा चार जना विद्यार्थीले जिपिए फोर ल्याएसँगै विद्यालय प्रतिको शैक्षिक आकर्षण झन बढ्दै गएको पाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, शनिबार  १२ : ०८ बजे