उल्लासमय मनोनयन


८ माघ २०८२, बुधबार  

0
Shares

अघिल्ला चुनावमा भिड र उम्मेदवारको व्यवस्थापन गर्न हम्मेहम्मे हुन्थ्यो । यसपटक कर्मचारीहरूले सहज महसुस गरेको पाइयो ।

६ माघ, काठमाडौं । ‘यसपटक भिड भएन नि,’ काठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा एक कर्मचारी भनिरहेका थिए । उनले यसो भन्नुको कारण हो, ठूला भनिएका नेता आएनन् ।

अघिल्ला चुनावहरूमा तामझामका साथ उम्मेदवारहरू मनोनयनका लागि आउने गरेका थिए । ‘यसपटक भिड पनि बसाइँ सर्‍यो,’ हाँस्दै ती कर्मचारीले भने, ‘हेर्नु भयो नि काठमाडौं बाहिर उम्मेदवारी दिन गएका उम्मेदवारहरूको दृश्य


शीर्ष र चर्चामा रहिरहने नेताहरू यसपटक काठमाडौं बाहिर गएपछि भिड पनि उतै सरेको निष्कर्ष उनको थियो । अघिल्ला चुनावमा भिड र उम्मेदवारको व्यवस्थापन गर्न हम्मेहम्मे हुन्थ्यो । यसपटक कर्मचारीहरूले सहज महसुस गरेको छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  ८ : १८ बजे