पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को टिकट पाएका छन् ।
आम जनता पार्टीबाट टिकट पाएका धमलाको चुनाव चिह्न मोबाइल हुनेछ । उनी मनोनय दर्ताका लागि अहिले रौतहट गइरहेका छन्।




