गगन-विश्वलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन


१ माघ २०८२, बुधबार  

0
Shares

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ।

सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

उ=क्त कारबाही गरिएको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा दिएका हुन् ।

=
यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको थियो । तर ती प्रस्तावमध्ये सभापति देउवाले नेतृत्व छाड्न मानेनन् । त्यस्तै आगामी चुनाव पनि नलड्ने कुरा उनले स्वीकार्न मानेनन् ।

चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको चयनले गति लिइरहेको अवस्थामा अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरिएको थियो । तर त्यसमा सहमत नभएको संस्थापनले तीन नेतालाई पार्टीबाटै निष्कासित गर्ने निर्णय सुनाएको हो ।

सहमतिका ती बुँदामा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव अगाडि सारिएको थियो।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ७ : ५५ बजे