वाणगंगा २ फागुन ।
सरस्वती पुजाको अवसरमा बाणगंगा ६, बैदौली स्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनमा कलश यात्रा, झाँकी तथा ¥याली कार्यक्रम सहित अक्षरारम्भ कार्यक्रम गरिएको छ
सो कार्यक्रमा बाणगंगा न.पा. वडा नं.५, ६, ७ तथा कपिलवस्तु नगरपालिकाका वडा नं. ९ र १० का विद्याथीर्, शिक्षक तथा अभिभावक गरी झण्डै ९०० जनाको सहभागिता रहेको थियो ।
¥यालीले बा.न.पा. वडा नं. ६ को बैदौली देखि वडा नं. ५ को कोपवा प्रहरी चौकीसम्म भजन किर्तन सहित परिक्रमा गरेको थियो । परिक्रमा पश्चात सरस्वती पुजा तथा प्रसाद ग्रहणको कार्यक्रम गरिएको विद्यालयका प्राचार्य श्री ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयौ ।
.
सरस्वती पुजा पश्चात औपचारिक रुपमा साँस्कृतिक तथा कला प्रर्दशनी कार्यक्रम सुरुवात भएकोमा सो कार्यक्रको अध्यक्षता वि.व्य.स. अध्यक्ष श्री युवराज पोख्रेल, प्रमुख अतिथ्यता बाणगंगा नगर उपप्रमुख श्री रिता चौधरी, विशिष्ट अतिथि सामाजिक तथा शैक्षिक व्यक्तित्व श्री झविलाल पोख्रेल र नगर शिक्षा शाखा प्रमुख श्री खिम बहादुर जि.सी. तथा आतिथ्यता यस क्षेत्रका सामाजिक तथा शैक्षिक व्यक्तिहरुका साथै शेयर सदस्य, अभिभावकको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य शैक्षिक संयोजक धु्रब प्रसाद शर्मा र सञ्चालन विद्यालयका सहायक प्राचार्य श्री प्रकाश बि.क.ले गर्नु भएको थियो ।
उक्त कार्यक्रमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आफूमा अन्तरनिहित साँस्कृति तथा कला प्रदर्शन गरेका थिए ।
आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथिले विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये रहेको र यसले गर्ने शैक्षिक क्रियाकलापहरु अन्य विद्यालयको तुलना अत्यन्तै जिवनोपयोगि रहेको बताउनु भयो ।
मन्तव्यकै क्रममा विद्यालयका प्र.अ. श्री ठाकुर प्रसाद पोख्रेलले विद्यार्थीहरुलाई आर्शिवाद दिँदै विद्यार्थी र अभिभावकको सहयोग पूर्ण रुपमा प्राप्त गर्न सके कपिवस्तु जिल्लाकै नमूना विद्यालय बनाउन सक्ने कुरा बताउनु भयो । विगतका दिनमा जिल्लामै प्राप्त गरेका उत्कृट नतिजाले जिल्लामै राम्रो विद्यालय भएको कुरा बताउनु भयो ।