नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा


२७ भदौ २०८२, शुक्रबार  

28
Shares

काठमाडौँ –

अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सिंहदरबार परिसरस्थित गृह मन्त्रालयको नयाँ भवनमा शपथ लिने भएकी छिन्‌ । उनले आजै कार्यकक्षमा पुगेर हाजिर पनि गर्नेछिन्‌ ।

८ मार्चमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालय जलेपछि गृह मन्त्रालयको भवनमा अब प्रधानमन्त्री कार्यालय बस्ने भएको हो। यो कार्यालयमा आज दिउँसो नै सम्पूर्ण सजिसजाउ भइसकेको छ।

सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनको विध्वंशपछि निम्तिएको राजनीतिक शून्यता हटाउनेगरी राष्ट्रपति भवन सिंहदरबारमा केहीबेर अघि कार्कीलाई अन्तरिम सरकारप्रमुख बनाउने सहमति जुटिसकेको छ ।

प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि कार्कीले मन्त्रिपरिषद्‌को पहिलो बैठकमार्फत प्रतिनिधि सभा विघटन सिफारिस गर्नेछिन् ।

शपथ ग्रहणका लागि पौडेलले कार्कीलाई तयारी भएर उपस्थित हुन भनिसकेका छन्‌ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ९ : २२ बजे