आकस्मिक बाहेकका सबै सेवा ठप्प


१२ बैशाख २०८२, शुक्रबार  

28
Shares


आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ ।

अहिलेसम्म पनि आफूहरूले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकाले आन्दोलन गर्नुपरेको आवासीय चिकित्सकहरूले जनाएका छन् ।

काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएका छन् ।

त्यस्तै उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न सङ्घले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : १९ बजे