भारतको मुम्बईमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयो


२५ मंसिर २०८१, मंगलबार  

0
Shares

भारतको मुम्बईमा एउटा बस अनियन्त्रित भएर अरुलाई किच्दा चार जनाको ज्यान गएको छ । अरु २५ जना घाइते भएका छन् ।

कुर्लाबाट अंधेरीतर्फ गुडिरहेको बस नियन्त्रण बाहिर गएपछि चालकले नजिकमा रहेका केही गाडीलाई पनि ठक्कर दिएका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ । दुर्घटनामा घाइते हुने सबैको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटना भएको ठाउँबाट हटाइसकेको र निरीक्षणका लागि लगिएको खबरमा उल्लेख छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ११ : ५६ बजे