ओम प्रकाश पौडेल, वाणगंगा
कपिलस्तु उद्योग वाणिज्य संघद्धारा आयोजित १५ औँ कपिलवस्तु महोत्सवको सन्दर्भमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले वाणगंगा नगर र व्यवसायीहरुको योगदानको खुलेर प्रसंसा गरेका छन् ।
प्रतियोगिहरुले वाणगंगा नगर साँच्चै नै सुन्दर रहेको भनाई राखे । साथै उनीहरुले व्यवसायीहरु योगदानलाई राज्यले भुल्न नहुने पनि औल्याए ।

माध्यमिक तह र आधारभूत दुई तहमा वक्तृत्वकला प्रतियोगता गराइएको हो । आधारभूत तहमा हाम्रो नगर राम्रो नगर विषयमा र माध्यमिक तहमा सक्षम व्यवसायी समुन्नत राष्ट्र र आत्म निर्भर अर्थतन्त्र विषयमा विद्यार्थीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
२२ विद्यालयको सहभागीतामा शनिवार उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न आधारभूत तहको वक्तृत्वकला प्रतियोगतामा जिल्लाको पहिलो क वर्गको विद्यालय होराइजन आवासीय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्ने छात्र सन्देश गैरेले प्रथम स्थान हासिल गरेका छन् । सोहि स्पर्धामा बाल माविकी आइसा अधिकारी द्धितिय, बाल ज्योति इंग्लिस बोर्डिङ स्कूलका आलोक तिवारी तृतीय, ज्ञानपुञ्ज स्कुलका आयुष्मा अर्याल र प्राथमिक विद्यालय घरबुदियाका दिपेश कहारले सान्तवना स्थान हासिल गरेका छन् ।
त्यस्तै माध्यमिक तहमा हिलवर्ट स्कुलकी कौशिकी कौशल प्रथम, ज्ञानपुञ्जका संकल्प भुषाल द्धितीय, जनज्योति माविकी दिपा गिरि तृतीय तथा होराइजनकी अर्चिता आचार्यले सान्तवना स्थान हासिल गरेका छन् ।
शिक्षा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षता महोत्सव आयोजक समितिका संयोजक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, विभिन्न विद्यालयका प्र. अ. तथा शिक्षक प्रतिनिधीहरुको आतिथ्यता र तेज प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बाल माविका शिक्षक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।