रविलाई लगियो काठमाडौं


१३ मंसिर २०८१, बिहिबार  

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं लगिएको छ । त्रिभुवन विमानस्थलमा अवतरणपछि निकाल्ने क्रममा उनका समर्थक र कार्यकर्ताले नाराबाजी पनि गरे ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थल हुँदै काठमाडौं लगिएको हो । कात्तिक २ गते पक्राउ परेपछि स्थलमार्गबाट पोखरा लगिएका रविलाई फर्काउँदा भने जहाज प्रयोग गरिएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई पोखरा लगिएको ४१ दिनपछि काठमाडौं लगिएको हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई बुद्ध एयरको साढे ५ बजेको उडानमार्फत् काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा लगिएको छ ।

उता रविका साझेदार जोशीलाई प्रहरीले सातअघि काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : १४ बजे