कमला सापकोटा पौडेल
वाणगंगा, १९ माघ ।
होराइजन अंग्रेजी आवासीय मा.वि.मा खाना महोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य बासुदेव घिमिरेले आजका बालबालिकाले घरमा बाबा आमाको अनुपस्थितिमा खाना खाजा तयार गर्न समेत असमर्थ भएकोले उनीहरुलाई जिवनोपयोगि सिप विकास तथा सम्परिक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
खाना महोत्सव अन्तर्गत विद्यार्थीहरु विच सदनात्मक रुपमा प्रतिश्पर्धा भएकोमा हरियो सदन प्रथम, सेतो सदन द्धितीय र नीलो सदन तथा रातो सदनले तृतीय स्थान हाशिल गरेका छन् ।
प्रतियोगितात्मक रुपमा विद्यार्थीहरुले कोदो, फापरको रोटी, स्वायविनको छोइला, टमाटरको चट्नी, खिर, पालक पुरी, मेथी पुरी, आलु पुरी, सादा पुरी, आलुको अचार, सेलरोटी, गुन्द्रुकको अचार फुरौला, बटुक, रसभरी, चुकौनी लगायतका परिकार अत्यन्तै स्वादीष्ट तरीकाले पकाएकोले सो खानेकुरा खान विद्यार्थी तथा अभिभावकहरु उत्साहित भएको शिक्षिका कमला थापाले बताउनु भयो ।
साथै शुक्रवार नै विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरेको छ ।
ं कार्यक्रम प्राचार्य बासुदेव घिमिरेको अध्यक्षता, वाणगंगा ४ का वडाध्यक्ष छवि रेश्मीको प्रमुख आतिथ्यता, अभिभावक तथा समाजसेवी विष्णु न्यौपाने, युवा समाजसेवी शक्ति शिंह ठकुरी, मा.वि. तह संयोजक प्रेमराज पोख्रेल, पूर्व प्रा.वि. तह संयोजक चन्द्रा मल्ला सेन, सांस्कृतिक विभाग प्रमुख कान्ता गहतराज, सदनका संयोजक तथा सह संयाजक लगायतको आतिथ्यता, प्रा.वि. तह संयोजक पदमपाणी ढुंगानाको सञ्चालनमा कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको थियो । महोत्सवमा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागीता रहेको निमावि तह संयोजक शालिगराम आचार्यले जानकारी दिनुभयो ।
१९ माघ २०८०, शुक्रबार
                                2.4k
                           
Shares
                        



                    
                