नव प्रभातको १४ औं साधारण सभा सम्पन्न




नव प्रभात सामुदायिक वन उपभोक्ता समुहले ४ करोड १५ लाख बराबरको बजेट पेश गरेको छ । वनले आ।व २०८१।०८२ का लागि ४ करोड १५ लाख ४७ हजार ८ सय ९६ रुपैयाँको अनुमानित लोकप्रिय बजेट पेश गरेको हो । शनिबार वनको प्राङ्गणमा भएको १४ औँ वार्षिक साधारण सभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । वनका अध्यक्ष डिल्लीराज रेग्मीले प्रस्तुत गरेको वनको अनुमानित आम्दानी तथा खर्च साधारण सभाले पास गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वनलाई जोगाउदै सदुपयोग गर्न सके देशको विकास छिटै हुने बताउनु भयो । नव प्रभात सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधरण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सम्पुर्ण सामुदायिक वनहरुले नगरसंग संमन्वय गरेर काम गरेमा नगरवाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र सामुदायिक वनहरुले धेरै प्रकारका प्रगति गरी वनवाट धेरै प्रतिफल प्राप्त गर्न सकिने बताउनुभएको छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा वाणगङ्गा नगरपालिका वडा नं।८ का वडा अध्यक्ष बाबुराम अर्यालले विकास निर्माणका काममा वडा संगको सहकार्यमा काम गर्न सकेमा वडाको विकास वडा वासिको चाहाना र सोचे अनुरुप हुने बताउनु भयो ।त्यसैगरी डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ट वन अधिकृत शिव नन्दन शाहले वनको महत्व काठ दाउरामा मात्रै नभएर हरेक क्षेत्रमा रहेको बताउदै दिगो वन व्यवस्थापनमा जोड दिनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ४७ बजे