वाणगंगा, २६ भाद्र ।
काठमाडौबाट सरुवा भई इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा प्रहरी निरिक्षक पदमा आउनु भएका लोकेन्द्र जि.सी र सञ्चारकर्मी भेटघाट कार्यक्रम बुधवार वाणगंगाको पिपरामा सम्पन्न भएको छ ।
उहाँले इलाका भित्रको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुब्र्यसनी, सवारी दुर्घटनाको क्षेत्रमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै इलाका भित्र शान्ति सुव्यवस्था कायम गर्न लागि पर्ने उहाँको भनाई थियो ।
भेटघाटमा सञ्चारकर्मीहरुले स्थानीय समकालीन समस्या नदीजन्य पदार्थ चोरी तस्करी, काठ तस्करी, लागू पदार्थ दुब्र्यसनी, कालो बजारी उपभोक्ताका समस्या समाधानका लागि प्रहरी निरिक्षक जि.सिलाई. जानकारी गराउँदै इलाका प्रहरी कार्यालयलाई सञ्चारमैत्री बनाउन अनुरोध गरेका थिए ।
सञ्चारकर्मी भेटमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष डिलाराम भुषाल, हालका उपाध्यक्ष हरि अधिकारी लगायत दर्जन बढि पत्रकारहरुको उपस्थिति रहेको थियो । प्र.नि. जि.सी. भाद्र २४ गते देखि इलाका प्रहरी कार्यालय पिपरामा प्रहरी निरिक्षकका रुपमा सरुवा भई आउनु भएको हो ।