चीनका पर्यटन गन्तव्यहरूमा यस गर्मी याममा अन्तरराष्ट्रिय आगन्तुकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। नयाँ भिसा नीतिहरूका कारण विदेशी पर्यटकको उपस्थिति बाक्लिएको बताइएको छ।
अन्तरराष्ट्रिय
पर्यटकलाई राम्रोसँग सेवा दिन चीनका शहरहरू, व्यवसायहरू र रमणीय स्थलहरूले भुक्तानी विकल्पहरू विस्तार गर्ने र आरक्षणरहित प्रवेश नीतिहरू लागू गर्ने जस्ता विभिन्न उपायहरू ल्याएका छन्।
यस वर्षको ६ महिनामा चीनले १ करोड ४६ लाख ४० हजार अन्तरराष्ट्रिय आगन्तुकलाई स्वागत गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५३ प्रतिशत बढी हो।
८० लाख ५४ हजार भिसामुक्त प्रवेशमार्फत प्रवेश गरेका छन्। यो गर्मीमा इनबाउन्ड र आउटबाउन्ड दुवै यात्राका लागि झन्डै ७० लाख हवाई टिकट बुकिङ हुने अपेक्षा गरिएको छ। यो वार्षिक रूपमा हिसाब गर्दा ९३ प्रतिशतले वृद्धि हो।
अर्को उद्योग प्रतिवेदनले सन् २०२३ देखि २०२४ सम्म चीनको पर्यटन अर्थतन्त्र द्रुत गतिमा सुधार हुँदै गएको देखाएको छ। बाह्य पर्यटनले अझ ठूलो सम्भावना खोल्ने र विश्वव्यापी पर्यटन उद्योगलाई बलियो बनाउने देखिएको छ।