फ्रान्सको आम निर्वाचनमा वाम गठबन्धन जितोन्मुख


२५ असार २०८१, सोमबार  

0
Shares

एजेन्सी
|

फ्रान्समा सम्पन्न आम निर्वाचनमा वामपन्थी दलहरुको गठबन्धन द न्यू पपुलर फ्रन्ट जित उन्मुख देखिएको छ।

मतगणनाको प्रारम्भिक रुझानमा उक्त गठबन्धन पहिलो नम्बरमा रहने देखिएको हो। कुनै पनि दल वा गठबन्धनले बहुमत ल्याउन नसक्ने आंकलन गरिएको निर्वाचनमा न्यू पपुलर फ्रन्ट शीर्ष स्थानमा रहँदै सरकारको नेतृत्व गर्ने पक्का देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो गठबन्धन पहिलो चरणको मतदानमा दोस्रो स्थानमा थियो। मतगणना सुरु हुनुअघि सार्वजनिक भएका एक्जिट पोलहरुले नेशनल एसेम्बलीमा वामपन्थी गठबन्धनले १७२ देखि १९२, म्याक्रोको पार्टीले १५० देखि १७० तथा नेशनल ¥यालीले १३२ देखि १५२ सिटसम्म जित्ने अनुमान गरेका छन्।

५ सय ७७ सदस्यीय नेशनल एसम्बलीमा बहुमतका लागि २ सय ८९ सिट ल्याउनुपर्छ। वाम गठबन्धन अग्रस्थानमा देखिएसँगै नेता ज्याँ ल्यूक मेलेशोले आफ्नो नेतृत्वमा सरकार बने प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेका छन्।

पछिल्लोपटक वाम पार्टीहरुले निर्वाचन जितेसँगै स्पेन, नर्वे, आयारल्याण्ड र स्लोभेनियाले प्यालेस्टाइनलाई देशको मान्यता दिएका छन्। यसैबीच वाम गठबन्धन जिततर्फ उन्मुख देखिएपछि राजधानी पेरिसमा केही हिंस्रक घटनाहरु भएका छन्। प्रतिक्षालयमा तोडफोड तथा सार्वजनिक सम्पत्तिमा हानी पु¥याउने घटनाहरु भएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  १० : ३६ बजे