मृत्यु हुनेको संख्या तीन पुग्यो


१७ जेष्ठ २०८१, बिहिबार  

0
Shares

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधवार अपराह्न भएको कार दुर्घटनामा मृत्यु हुने तीन पुगेका छन्। अन्य दुईजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको बताए। 

दुर्घटनामा कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन्। मृतक अर्काको सनाखत हुन बाँकी छ। 

दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : ०० बजे