समानुपातिक सिट बाँडफाँट, कसलाई कति सिट ?


२८ फाल्गुन २०८२, बिहिबार  

196
Shares


निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य सम्पन्न भएको जनाएको छ।

आयोगले बिहीबार वक्तव्य जारी गरेर पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक गरिसकेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०१७ को दफा ६० अनुसार सिट बाँडफाँट गरेको जनाएको छ।

आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ जसले पाए सिट

समानुपातिक प्रणालीतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी-५७ सिट

नेपाली कांग्रेस -२० सिट

नेकपा एमाले -१६ सिट

नेकपा -९ सिट

श्रमसंस्कृति पार्टी -४ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी-४ सिट

आयोगले प्राप्त सिट संख्याअनुसार तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम छनोट गरी पठाउन सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरिएको जनाएको छ

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ८ : ५६ बजे