कमला सापकोटा
१९ फागुन ।
आफ्नो जीत सुनिश्चित भएको नेपाली कांग्रेशका नेता अत्तहर कमालले दावी गर्नु भएको छ । नेपाली कांग्रेशबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट उमेद्धारी दिएका कमालले नपाली कांग्रेश २.० प्रति आम मतदाताको आकर्षण रहेको दावी गर्दै आफुले चुनाव जित्ने जिकिर गर्नु भएको हो ।
लिंक्स नेपाल डट कम संगको साक्षात्कार कार्यक्रममा उहाँले आसन्न निर्वाचनमा नेपाली कांग्रेश पुरै परिवर्तित रुपमा शुसासनको पक्षमा उभिएको तर्फ संकेत गर्दै आम मतदाताले रुख चिन्हमा मतदान गरि आफूलाई विजयी बनाउने उहाँको धारणा थियो । पार्टीले १०६ जना नयाँ उमेद्धार लाई यस पटक अवसर दिएको र विगतमा कतिपय भ्रष्टाचारजन्य घटनामा नाम जोडिएका नेताले यस पटक चुनावमा उमेद्धारीको टिकट पाएका छैनन्, आफ्नो काम बारे कपिलवस्तुबासी पूर्ण रुपमा जानकार हुनुहुन्छ, मेरो जित सुनिश्चित छ, अब घोषणा गर्न मात्रै बाँकी छ, उहाँले भन्नु भयो ।
साथै चुनावी अभियानका क्रममा भेटिनु भएकी नेपाली कांग्रेशको तर्फबाट समानुपातिक तर्फकी उमेद्धार विमला ग्रैहेले समेत नेपाली कांग्रृश यस पटकको निर्वाचन मार्फत पनि पुनः देसको पहिलो शक्तिका रुपमा स्थापित हुँदै जेनजीका माग सम्बोधन गर्ने दावनेपाललाई समावेशी मुलुक निर्माणका क्रममा सर्वप्रथम महिला, मुश्लीम, दलिद, जनजाती, थारु आयोग लगायतका आयोग गठन गर्ने पार्टी नेपाली कांग्रेश नै रहेकोले म हाम्रो जीत हुनेमा म ढुक्क छु, उहाँको भनाई थियो ।
केहि व्यक्तिहरुले समेत यस पटक यस क्षेत्रमा अत्तहर कमालको जितलाई कसैले टार्न नसक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त पोख्रलले अत्तहर कमाल यस अघि पनि पटक पटक निर्वाचित भएर आफ्रनो क्षेत्र र पुरै देशको विकासमा उल्लेखनीय भूमिका खेलेको भन्दै उहाँको जीत सुनिश्चित रहेको बताउनुभयो ।
थारु समुदाय लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने पार्टी भएकोले यस पटकको निर्वाचनमा रुख चिन्हमा आफ्नो अमूल्य भोट अत्तहर कमाललाई जिताउन भूमिका निर्वाह गर्नेमा कुनै सन्देह नरहेको सिद्धार्थ क्याम्पसका पूर्व स्ववियू सभापति तथा नेपाल विद्यार्थी संघका जिल्ला सदस्य नील कमल थारुले जिकिर गर्नुभयो ।
सदैव कठिन परिस्थितिमा नेपाली कांग्रेशको भूमिका निर्णायक हुने भन्दै देशको वर्तमान संकट टार्नका लागि सबैले रुख चिन्हमा मतदात गरि नेपाली कांग्रेशका उमेद्धारलाई निर्वाचित गराउनेमा आफू ढुक्क रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघका लुम्बिनी प्रदेश सहसचिव खिम थापा सोमै मगरले विश्वास व्यक्त गर्नुभयो ।




