कपिलस्तु निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र युवा उमेद्धार आशिष शर्मा जित नजिक रहेको उनका समर्थकहरुले दावी गरेका छन् ।
शर्माको चुनावी अभियानका क्रममा वाणगंगा ८ मा भेटिएका शर्माका समर्थकहरुले जेनजी माग पूरा गर्न कपिलवस्तु क्षेत्र नम्बर १ का उमेद्धार आशिष शर्मा नै सबल रहेकोे दावी गरेका हुन् ।
सो क्रममा वाणगंगा ८ का राम प्रसाद पौडेल, विष्णु मल्ल, हरि मल्ल, निर्मला चुँदाली, लगायतले शाशिष शर्माको चुनावी घरदैलोमा हिँड्दा आफ्रहरुलाई विजय र्यालीमा झैं स्थानीयहरुले भव्य स्वागत गरेको बताए ।
युवाको अगाडी कसैको केहि चल्दैन् जेनजी आन्दोलनको भावनालाई समेटेर लैजान सक्ने उमेद्धार कपिलवस्तु क्षेत्र नम्बर १ मा आशिष शर्मा मात्रै भएको भन्दै उहाँको पछि पछि आफूहरु लागि परेको विष्णु मल्लले बताइन् ।
व्यवसायीक पृष्ठभूमि रहेका शर्मा नेपाली कांग्रेशका सादगी नेता तथा पूर्व मन्त्री दीपकुमार उपाध्यायको छोरा हुनुहुन्छ । उपाध्यायको सादगीपन, आशिषको जुझारु पनले गर्दा विशेष गरि युवा मतदाताले उनलाई मत दिन सोँचमा रहेको पाइएको कतिपयले बताउने गरेका छन् ।
नेपाली कांग्रेश कपिलवस्तुले कपिलवस्तु क्षेत्र नम्बर १ को उमेद्धारका रुपमा शर्माको नाम सिफारिस गर्दा गर्दै उनको नाम केन्द्रले सदर नगरेपछि उनले बागी उमेद्धारी दिएका हुन् । आसन्न चुनावमा शर्माको चुनाव चिन्ह जीप रहेको छ । https://youtu.be/GoUg8JMHB8s?t=223




