नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको सूची अनुसार नेपाली टिमका कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिन बलर सन्दीप लामिछानेले टी–२० आईको वरीयतामा सुधार गरेका हुन् ।
आईसीसीका अनुसार अलराउन्डर दिपेन्द्रले ब्याटिङ र बलिङमा आफूलाई सुधार गरेका छन् । दीपेन्द्रले ब्याटिङतर्फ चार स्थान सुधार गर्दा ७२ औं स्थानमा छन् भने बलिङतर्फ पाँच स्थान सुधार गर्दै ७१ स्थानमा पुग्न सफल भएका छन्। उनको अलराउन्ड वरीयता भने छैटौं स्थानमा यथावत् छ ।
रोहित पौडेलले ब्याटिङमा आफूलाई तीन स्थान सुधार गरेका छन् । उनी ७५ औं स्थानमा आएका छन् । ओपनर कुशल भुर्तेलले चार स्थान सुधार गर्दै ७७ औं स्थानमा आइपुगेका छन् ।
बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले १० स्थान सुधार गर्दै ७४ औं स्थानमा आइपुगेका छन् ।
विश्वकपमा सहभागी नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आज विश्वकपमा पहिलो ऐतिहासिक जितको खोजीमा छ ।




