कनौडिया एमाले प्रवेश


४ माघ २०८२, शनिबार  

0
Shares


३ माघ, वाणगंगा
नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया एमालेमा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो ।

शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेले उम्मेदवार बनाउने गरी पार्टीमा भिर्त्याएको हो ।


एमाले नेता तथा प्रदेश सांसद गिरीधारीलाल न्यौपानेले उम्मेदवार बनाउने गरी नेता कानोडियालाई भिर्त्याएको बताए । कानोडिया एमाले प्रवेश गरेपछि कांग्रेसबाट अभिषेकप्रताप शाह उम्मेदवार बन्ने चर्चा छ ।


कनोडियाले कांग्रेसको किचलोमा फस्नु भन्दा एमालेमा प्रवेश उचित लागेको बताए । चिनी मिल सञ्चालक समेत रहेका कनोडियामाथि उखु किसानको पैसा नतिरेको आरोप लाग्दै आएको छ ।


कनोडिया २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  ५ : ४३ बजे