विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’


१ माघ २०८२, बुधबार  

0
Shares


नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फरमुल्लाह मनसुरलाई साधारण सदस्यबाटै निकालेको छ ।
उनीहरूलाई ५ वर्षका लागि निष्कासनसहित कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर आक्रोशित भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि जारी विशेष महाधिवेशनस्थल बुधबार नाराबाजीले गुञ्जिएको छ।भृकुटीमण्डपमा विशेष महाधिवेशनका प्रतिनिधिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न भन्दै नाराबाजी गरेका छन्। उनीहरूले संस्थापन पक्षलाई कडा चुनौती दिँदै ‘गगन-विश्व आउँदैछन् सानेपा खाली गर,’ भन्दै चर्को नाराबाजी गरे । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुधबार नै पठाइसकेका छन् ।विशेष महाधिवेशन पक्षधरले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै भंग गरिसकेकाले कारबाहीको औचित्य नरहेको जनाएको छ। विशेष महाधिवेशनबारे मंगलबार नै निर्वाचन आयोगमा जानकारी गराइएको छ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ८ : ०७ बजे