सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक नारायण बेल्बासेका अनुसार अध्यक्षमा लक्ष्मण प्रसाद बेल्बासे चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा कूलराज पौडेल, सचिवमा शंकर पाण्डे र कोषाध्यक्षमा मनु पाण्डे चयन हुनु भएको छ ।
सञ्चालक समिति सदस्यहरूमा गंगा कुमारी केसी, चेतनारायण ढकाल, सर्मिला गिरी, बसन्त खनाल र लक्ष्मण अधिकारी सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।



यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा चिरञ्जीवी पन्थ चयन हुनु भएको छ भने सदस्यहरूमा लक्ष्मी कडेल र महेश घिमिरे चयन हुनु भएको निर्वाचन समितिका सदस्य कूलराज भुसालले जानकारी दिनुभयो ।
सभामा नवनिर्वाचित अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले सहकारीको मूल्य, मान्यता र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्दै सहकार्य, साझेदारी र नवप्रवर्तनमार्फत संस्थालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।






