एसेज सिरिजमा अस्ट्रेलियाको जित,


२४ पुस २०८२, बिहिबार  

0
Shares

सिड्नी- अस्ट्रेलियाले सिड्नी क्रिकेट ग्राउन्डमा भएको अन्तिम टेस्ट जित्दै एसेज सिरिज ४–१ ले आफ्नो नाममा गरेको छ। यससँगै अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२५–२७ का १२ महत्वपूर्ण अंक पनि जोडेको छ।

पाँचौँ दिनको सुरुवातमै अस्ट्रेलियाले इंग्ल्यान्डलाई दोस्रो इनिङ्समा ३४२ रनमा समेट्यो। १६० रनको लक्ष्य पछ्याउँदै घरेलु टोलीले पाँच विकेटको जित निकाल्यो।

इंग्ल्यान्डले उस्मान ख्वाजाका लागि यो खेल यादगार बन्न दिएन। उनलाई जोश टङले मात्र ६ रनमा आउट गरे। केही दिनअघि ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

खेलको अन्त्यमा एलेक्स केरी १६ रन र क्यामरन ग्रीन २२ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए।

यस जितसँगै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा झन् मजबुत बनेको छ।

दोस्रो इनिङ्सको अन्त्यमा मिचेल स्टार्कले नयाँ बलबाट ज्याकब बेथेललाई आउट गरेका थिए। बेथेलले आउट हुनु अघि १५४ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  २ : ५५ बजे