आगामी दिनमा १८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ


३० मंसिर २०८२, सोमबार  

0
Shares


काठमाडौं

काठमाडौं महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक म

समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताए । 

उनले  करिब ९१ करोड रुपैयाँको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १ सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए ।

आगामी दिनमा करिब दुई खर्ब रुपैयाँ बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए ।  

महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । 

समारोहमा महानगरले महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान तथा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गरिएको थियो । 

२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौँ महानगर घोषणा गरेको दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार  ३ : २५ बजे