कमला सापकोटा
बाणगंगा २२ कार्तिक
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड जितपुर शाखाले सम्मान कार्यक्रम गरेको छ।
प्रयत्न निरन्तर सम्मान र सबलीकरण विषयक सम्मान कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने अभिकर्ताज्यूहरूलाई सम्मान गरिएको जितपुर शाखाले जनाएको हो ।
धेरै कारोबार गरी विभिन्न क्लबमा पर्न सफल अभिकर्ताज्यूहरूलाई सम्मान तथा उत्प्रेरणा गरिएको जितपुर शाखा प्रमुख गीता गौतमले जानकारी दिनुभयो।
सो अवसरमा विष्णु जैसवाल, धर्मन्द्र यादव गिता घिमिरे सम्झना रोकाया लगायत सम्मानित हुनु भएको थियो।

शाखा प्रमुख गीता गौतमको अध्यक्षता सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता प्रमुख बजार अधिकृत गणेश चौलागाई र क्षेत्रीय प्रवन्धक सन्तोष कुमार क्षेत्रीको विशिष्ट अतिथ्यतामा सम्मान कार्यक्रम पिस हिमालयन रिसोर्ट ठाकुरापुरमा सम्पन्न भएको हो।



कार्यक्रममा यस क्षेत्रमा लामो समयदेखि सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड मार्फत आम नेपालीलाई बचत गर्ने बानीको विकास गराउन अनवरत रुपमा खटिरहेका अभिकर्ताज्यूहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।




